स्थानीय पदाधिकारीलाई आचारसंहिता पालना गर्न आयोगको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०८२, सोमबार ०६:४३

काठमाडौँ ।  निर्वाचन आयोग ले स्थानीय कार्यपालिका पदाधिकारीलाई निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न नहुन निर्देशन जारी गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिताको दफा ५ कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आफ्नो पदको प्रभाव वा स्रोत–साधन प्रयोग गरी कुनै उम्मेदवार वा दलको पक्ष–विपक्षमा प्रचारप्रसार गर्नु आचारसंहिताविपरीत हुने स्पष्ट पारेको छ ।

निर्वाचनलाई निष्पक्ष, स्वच्छ र मर्यादित बनाउन आचारसंहिताको पूर्ण कार्यान्वयन आवश्यक रहेको आयोगको भनाइ छ । साथै, उल्लंघन भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रिया