गगन थापाको भनाइ : “डर देखाएर होइन, कानुनी सुधारबाटै विकास सम्भव”

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०८२, आईतवार ०६:५०

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने टिप्पणी गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

सभापति थापाका अनुसार विकासको गति सुधार गर्न कानुनी संरचना र कार्यप्रक्रियामा सुधार अनिवार्य छ। “चाँडो काम नगरे रुखमा झुन्ड्याइदिन्छु भन्ने अभिव्यक्ति सुनिन थालेको छ,” उनले भने, “यस्तो सोचले विकासलाई गति दिँदैन, बरु दुर्घटना निम्त्याउन सक्छ।”

केही दिनअघि धनगढीमा आयोजित चुनावी सभामा दुई वर्षमा सक्ने काम २० वर्षसम्म नसक्ने प्रवृत्ति रहेको उल्लेख गर्दै समयमै काम नगर्ने ठेकेदारलाई कडा कारबाही गर्ने अभिव्यक्ति आएको सन्दर्भमा उनले प्रतिक्रिया दिएका हुन्। थापाले कसैलाई डर देखाएर मात्र विकास सम्भव नहुने स्पष्ट पारे।

उनले देशमा सुधार, सुशासन र गुणस्तरीय विकास आवश्यक रहेको उल्लेख गर्दै विधि र प्रक्रिया भन्दा बाहिर गएर लहडका आधारमा काम गर्दा अपेक्षित परिणाम नआउने बताए।

सडक, पुल र सिँचाइ नहरजस्ता पूर्वाधार आयोजनामा अवरोध बनेका ४१ वटा कानुनको उदाहरण प्रस्तुत गर्दै उनले गुणस्तरीय र छिटो काम गर्न सक्ने निर्माण व्यवसायीलाई ठेक्का दिने स्पष्ट कानुनी व्यवस्था नहुँदा काम समयमा नसक्ने समस्या देखिएको बताए।

ऊर्जा आयोजनाका सन्दर्भमा एक प्रवर्द्धकले अनुमति पाएपछि २७ वटा निकायमा धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले यसले दुई वर्षसम्म अतिरिक्त समय लाग्ने अवस्था सिर्जना गरेको बताए। “एकद्वार प्रणालीमार्फत काम हुने कानुन बनेपछि मात्रै विकासको गति बढ्छ,” थापाको भनाइ थियो।

प्रतिक्रिया