बूढानीलकण्ठ–१ मा स्थानीय बासिन्दाको विश्वास : राजन भट्टराईको जित सुनिश्चित, विकास र समृद्धिको नयाँ आशा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०८२, शुक्रबार ०७:३३

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. ४, बूढानीलकण्ठ वडा नं. १ का स्थानीय बासिन्दासँग संवाद गर्दै राजन भट्टराईले आफ्नो प्रतिबद्धता र योजना साझा गरेका छन्।

स्थानीय बासिन्दा पाँच जना प्रतिनिधिहरूले भट्टराईको सकारात्मक नेतृत्व, जनमुखी दृष्टिकोण र कार्यसम्पादनप्रति पूर्ण विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा उहाँको विजय सुनिश्चित हुने स्पष्ट संकेत दिएका छन्।

भट्टराईले भने, “तपाईंको समस्या मेरो समस्या हो, तपाईंको सुझाव मेरो मार्गदर्शन। आउनुहोस्, मिलेर एक समृद्ध र व्यवस्थित क्षेत्र निर्माण गरौँ।” स्थानीय बासिन्दाहरूको माया, आशीर्वाद र उत्साहले उहाँको संकल्पलाई अझ दृढ बनाएको छ।

उहाँले क्षेत्रको पूर्वाधार सुधार, स्वास्थ्य, शिक्षा, युवा र महिला सशक्तिकरणमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय सुझावलाई नीति निर्माणमा प्रभावकारी रूपमा समेट्ने वचन दिनुभयो।

स्थानीय बासिन्दाहरूको विश्वास र भट्टराईको सक्रियता मिलेर बूढानीलकण्ठ–१ मा विकास, समृद्धि र जनमुखी नेतृत्वको नयाँ युग सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply