नेकपा एमालेका रसुवा नेता ढकाल र पूर्व मन्त्री मानन्धर कांग्रेसमा प्रवेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०८२, शुक्रबार ०७:१९

काठमाडौँ।  नेकपा एमाले रसुवाका पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार ढकाल आफ्नो दलबलसहित कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेसका सभापति गगन थापाले ढकालसहितका नेताहरूलाई पार्टी सदस्यता दिँदै स्वागत गरेका छन्। प्रवेश गर्ने नेताहरूमा जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, साथै भ्रातृ संगठनका युवा प्रतिनिधिहरूको समूह रहेको जनाइएको छ।

यसैबीच, बिहीबार एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धर पनि एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्।

पार्टीमा प्रवेश गरेका यी नेताहरूले आगामी निर्वाचनमा कांग्रेसको पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply