काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलाउनुपरेको बताएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत गत भदौमा भएको ‘जेनजी आन्दोलन’बारे धारणा सार्वजनिक गर्दै ओलीले संसद् भवनअगाडि आगजनीको प्रयास र विस्फोटक वस्तु प्रयोग भएपछि उक्त गतिविधिलाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको हमला मान्ने बताएका हुन्।
उनले सुरक्षाकर्मीले त्यतिबेला संयम नअपनाएको भए स्थिति झन् गम्भीर हुन सक्ने तर्क गरे। “त्यस दिन सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए के हुन्थ्यो ? यदि संसद् भवन जलेको भए ? के त्यतिबेला पनि ज्यान जाने थिएन ?” ओलीले प्रश्न गरेका छन्। उनका अनुसार विस्फोटक सामग्रीसहित आएका समूह सहजै फर्किने अवस्था थिएन।
ओलीले आफ्नो राजीनामापछि सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतका राष्ट्रिय धरोहरहरूमा समेत आगजनी भएको दाबी गरेका छन्।
प्रतिक्रिया