बुढानीलकण्ठका तेक्वान्दो प्रशिक्षक दीपक दुलाल चीन प्रस्थान, नगरपालिकाद्वारा औपचारिक विदाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०८२, मंगलवार ०७:१७

काठमाडौं । चीनको मानशान सिटीमा डिसेम्बर ३१ देखि जनवरी ४ सम्म आयोजना हुने Maanshan Open International Taekwondo Tournament–2025 मा सहभागी हुन लागेका बुढानीलकण्ठ नगरपालिकाका तेक्वान्दो प्रशिक्षक दीपक दुलाललाई औपचारिक रूपमा विदाइ गरिएको छ।

बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी तथा नगर खेलकुद विकास बोर्डका संयोजक सुमन तामाङको तर्फबाट दुलाललाई सफल सहभागिताको शुभकामना व्यक्त गर्दै विदाइ गरिएको हो। विदाइ कार्यक्रममा नगरपालिकाको खेलकुद क्षेत्रको विकासमा दुलालले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पनि उत्कृष्ट प्रदर्शन गर्दै नगरपालिकाको गौरव बढाउने विश्वास व्यक्त गरिएको थियो।

लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा बुढानीलकण्ठ नगरपालिकाको तेक्वान्दो टोलीलाई उल्लेखनीय सफलता दिलाउँदै आएका प्रशिक्षक दुलालले यसपटकको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि राष्ट्र र नगरपालिकाको प्रतिष्ठा उच्च बनाउने अपेक्षा गरिएको छ।

नगर प्रमुख अधिकारीले खेलकुदमार्फत देश र नगरको पहिचान स्थापित गर्न खेलाडी र प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै दुलालको सफल यात्रा र उत्कृष्ट प्रदर्शनको कामना गरे।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन लागेका प्रशिक्षक दुलाललाई नगरवासी तथा खेलप्रेमीहरूले सफलताको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply