भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : प्रवक्ता खरेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०८२, बिहीबार ०७:०१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले सरकारले भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।

सञ्चारकर्मीसँगको अन्तर्क्रियामा मन्त्री खरेलले पछिल्लो एक सय दिनभित्र ४० भन्दा बढी ठूला भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा पुगेको जानकारी दिए। उनका अनुसार ती मुद्दाहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत अघि बढाइएका हुन्।

प्रवक्ता खरेलले भने, “विगतमा भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूमा प्रभाव र दबाब हुने गर्थ्यो। अहिले सरकारले ती निकायहरूमा कुनै किसिमको दबाब वा हस्तक्षेप गरेको छैन।”

उनले राष्ट्रिय सतर्कता केन्द्र र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्ण रूपमा स्वतन्त्र ढंगले काम गरिरहेको दाबी गरे।

मन्त्री खरेलले सरकार निर्वाचन तयारीमा केन्द्रित रहेको उल्लेख गर्दै फागुन २१ गते नै चुनाव हुने स्पष्ट पारे। साथै, सरकारले सामाजिक सञ्जाल बन्द नगर्ने विषयमा पनि स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया