पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली नेतृत्वमा एमालेको नयाँ कमिटीलाई बधाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ पुष २०८२, आईतवार ०७:४२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितका पदाधिकारी र सदस्यलाई बधाइ दिएकी छिन्।

एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको संगठनात्मक परिपक्वताजनताको बहुदलीय जनवाद (जबज) को जीवन्त अभ्यास भएको टिप्पणी गरेकी छिन्।

पूर्वराष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा भनिएको छ,

“यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी हुनुभएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति हार्दिक धन्यवाद। लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँछ। निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु।”

पूर्वराष्ट्रपति भण्डारीको यस अभिव्यक्तिले एमालेभित्रको आन्तरिक लोकतन्त्र र संगठनात्मक मजबुतीलाई बल दिनुका साथै नविन नेतृत्वप्रति विश्वासको सन्देश दिएको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया