समाज परिवर्तनका लागि राजनीति गर्नुपर्छ : मन्त्री घिसिङ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ पुष २०८२, आईतवार ०७:०९

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताएका छन् ।

उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलालाई आज सम्बोधन गर्दै उनले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या देखिने गरेको उल्लेख गरे । उनले अब राजनीति समाज परिवर्तन र विकासमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए ।

घिसिङले भने, ‘कसैलाई गाली गरेर हुँदैन, आफ्नो कर्ममा लाग्नुहोस् । राजनीतिलाई आफ्नो पेसा नभई समाज सेवामा लगाउन आवश्यक छ। अबको राजनीति सेवा समर्पित हुनुपर्छ ।’

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा. आशुतोष विजय पन्त, रिमा विश्वकर्मा र सीता पाण्डेले पछिल्लो राजनीतिक परिवर्तनमा दिएको योगदानलाई जोगाउँदै नयाँ शक्तिका रूपमा आफूहरू अघि बढेको बताए ।

बागमती प्रदेश संयोजक प्रवीण तामाङको अध्यक्षतामा सम्पन्न भेलाले जिल्ला, नगर तथा पालिका भेलाको मिति पनि तय गरेको छ ।

प्रतिक्रिया