जलेश्वर कारागारबाट भागेका ५७६ कैदीबन्दीमध्ये २७३ अझै फरार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०८२, आईतवार ०६:५६

जलेश्वर (महोत्तरी) । गत भदौ २४ गते जलेश्वर कारागार तोडेर भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेको महोत्तरी कारागारका जेलर अशोककुमार क्षेत्रीले जानकारी दिए।

जेलर क्षेत्रीका अनुसार कुल ५७६ कैदीबन्दी, जसमा ४० भारतीय नागरिकसमेत थिए, मध्ये ३०३ जना फर्किसकेका छन्। कारागार प्रशासनले भदौ २५ गते फरार भएका कैदीबन्दीलाई स्वेच्छाले फर्किन आह्वान गरेको थियो।

जेलरले स्पष्ट पारे, फर्की नआउने फरार कैदीबन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन अनुसार कारबाही गरिनेछ। साथै, कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति माथि पनि कानुनी कारबाही हुनेछ।

कारागारबाट भागेका मध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागारमा फर्काउन सहयोग गरेको थियो। बाँकी कैदीबन्दी स्वेच्छाले कारागार फर्किएका हुन्।

फरार कैदीबन्दीको खोजतलाश प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी रहेको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply