नेपालका सौन्दर्यकर्मीहरूको माझमा सुमित्रा रञ्जितको आफ्नै खालको परिचय छ । सानैदेखि कला तथा सौन्दर्यमा रुचि राख्ने सुमित्रा रञ्जित काठमाडौकी नेवार परिवारकी छोरी हुन् । करिअरको सुरुवातमा उनले काठमाडौंमै सौन्दर्य सम्बन्धी डिप्लोमा कोर्स गरिन् । त्यसपछि उनले मेकअप सम्बन्धि विशेष कोर्स गरिन् । सिटिइभिटीबाट सौन्दर्य शिक्षामा थप विशेषज्ञता हासिल गरेकी रञ्जितलाइ काम गर्दै जाँदा यस विषयमा थप अध्ययन गर्ने चाहना बढ्यो ।
सिटीईभिटीबाट ब्युटिसियन प्रशिक्षणका लागि काठमाडौं उपत्यकाका थोरै ब्युटी पार्लरहरु मध्य एक पार्लर ‘ब्युटी सेक्रेट्स ब्युटी सलुन’ हो । काठमाडौंको खिचापोखरी स्थित पिपल्स प्यालेसको दक्षिणपट्टी जोडीएको ‘ब्युटी सेक्रेट्स ब्युटी सलुन’ लाई रञ्जितले सञ्चालन गरेकी हुन् । यो सौन्दर्य सम्बन्धि सेवा दिने सलुन र ब्युटिसियन बन्न चाहनेहरुका लागि ट्रेनिङ इन्ष्टिच्युट पनि हो । अत्याधुनिक सुविधा सम्पन्न यो पार्लरमा आधुनिक ब्युटी पार्लरमा हुने सबै प्रकारको सौन्दर्य सम्बन्धि सुविधा उपलब्ध भएको सुमित्राले बताईन् ।

भर्खरै मात्र सौन्दर्यका विविध आयामका बारेमा पूर्ण शिक्षा हासिल गरी बिल्कुलै नयाँ प्रविधिका साथ रञ्जितले हलिउड–बलिउडमा प्रयोग गरिने सौन्दर्य उपकरण एवं उत्पादनहरू पनि नेपाल भित्राएकी छन् । जसरी डाक्टरले रोग पत्ता लगाएपछि मात्र उपचारको प्रक्रिया सुरु गर्छन् त्यसैगरी उनले पनि सौन्दर्य समस्या पत्ता लगाउने मेसिन तथा ज्ञानसँगै लिएर आएकी छिन् । रञ्जित भन्छिन् –‘कतिपय ट्रिटमेन्ट यस्ता छन् जुन धेरै डाक्टरहरूले गर्छन् भने त्यसको केही भाग हामी गर्छौं । एकेडेमिक शिक्षा हासिल गर्नुअघि मैले जुन ढंगले सौन्दर्य सेवा दिन्थें अहिले सम्झँदा आफ्नै विगतप्रति पुनःविचार गर्न मन लाग्छ ।’
उनका अनुसार ‘ब्युटी सेक्रेट्स ब्युटी सलुन’मा हेयर सम्बन्धि सबै स्टाईलको कटिङ, हेयर वास, हेयर कलरिङ, हेयर पमिङ, हेयर स्ट्रेट, कर्ली, हेयर स्पा, हेयर वयल मसाज, हेयर हिना, हेयर हाईलाईट, हेयर ट्रिट्मेन्छ, हेयर डो लगायतका सेवा उपलब्ध छन ।

यस्तै फेसियल अन्तर्गत नर्मल फेसियल, गोल्ड फेसियल, सिल्भर फेसियल, पर्ल फेसियल, फ्रुट फेसियल, पपैया÷प्रिग्मेन्ट फेसियल, लुमिनेज स्टेम सेल स्किन केयर (मेड ईन युएसए) जस्ता सुविधा रहेको छ ।
ब्राईडल, पार्टी, सुटिङ, मोडलिङ, ¥याम्प जस्ता सबै प्रकारको मेकअप पनि ‘ब्युटी सेक्रेट्स ब्युटी सलुन’मा गरिन्छ । यस्तै थ्रेडिङ, वाक्स, मेनी क्वोर, पेडी क्वोर, नेल आर्ट, मेहन्दी आर्टको सुविधा पनि यहाँ रहेको छ ।
हेयर एक्सटेन्सन, पर्मामेन्ट आईलाईसेस एक्सटेन्सन, फेस ब्लिच, ह्यान्ड एन्ड लेग ब्लिच, ब्याक बडी ब्लिच, फ्रन्ट बडी ब्लिच जस्ता विभिन्न सौन्दर्य सम्बन्धि सुविधा पनि ‘ब्युटी सेक्रेट्स ब्युटी सलुन’मा रहेको यसको सञ्चालक रञ्जितले जानकारी गराईन् ।
ब्युटिसियन बन्न चाहनेहरुका लागि तीन महिनाको बेसिक कोर्ष, ६ महिनाको एडभान्स कोर्ष र त्यसपछि ६ महिनाको डिप्लोमा कोर्ष यहाँ दिईने गरिन्छ ।
उनले अहिले सञ्चालन गर्दै आएको संस्थाबाट सौन्दर्यसम्बन्धि प्रशिक्षण र सेवा दिइन्छ । सुरूमा स्किन, हेयर ट्रिटमेण्ट, मेकअप र नेल आर्टलाई प्राथमिकतामा राखिएको सो क्लिनिकमा आउनेले अन्तराष्ट्रिय स्तरको सौन्दर्यसम्बन्धी कोर्स पनि लिन सक्नेछन् । स्किन, हेयर र नेल स्पालगायतमा नयाँ शैलीको सेवा र प्रशिक्षण दिइने उनले बताइन । ब्युटिपार्लरलाई प्रतिष्ठित व्यवसायका रुपमा अगाडी बढाउनुपर्नेमा उनको जोड छ । ब्युटिपार्लर व्यवसायमा नेपालीहरुको आकर्षण बढ्दै गएकाले ब्युटिपार्लर व्यवसायलाई राम्रो उद्योगका रुपमा विकसित गर्नुपर्ने भनाई राख्दै उनले पछिल्लो समय ब्युटिपार्लर व्यवसायले स्वरोजगार समेत प्रदान गरिरहेको हँुदा अझ यस व्यवसायबाट रोजगारी प्रदान गर्नुपर्नेमा बताउँछिन ।

समाजमा सम्मानित, मर्यादित र प्रतिष्ठित व्यवसायका रुपमा ब्युटिपार्लर व्यवसायलाई स्थापित गर्नका लागि राज्यको सहयोग आवश्यक रहेको भन्दै उनले नेपालीहरुले स्वदेशमा मात्र नभई विदेशमा समेत ब्युटिपार्लर व्यवसायमा राम्रो प्रगति गर्न सफल भएको उदाहरण प्रशस्तै रहेको रञ्जितले बताइन । नेपालमा पार्लर सिकेर विदेशमा गई प्रगति गरेर देखाउनु राष्ट्रका लागि राम्रो भएको उल्लेख गर्दै उनले यस व्यवसायलाई व्यवस्थित गराउन सरकारले पनि उचित कदम चाल्नुपर्ने धारणा रञ्जित राख्छिन । विदेशमा गएर पार्लर व्यवसायमार्फत नेपालीहरुको सान फराकिलो बनाउने विद्यार्थीहरुको संख्या दिनानुदिन बढ्दो रूपमा रहेको भन्दै नयाँ आउनेहरूलाई कडा मेहनत र लगनशील बन्न पनि सुझाव दिन्छिन ।
ब्युृटिपार्लर ब्यवसाय आयआर्जनको सशक्त माध्यम बन्न सफल भएको दाबी गदै उनी स्वदेशमा मात्र नभई विदेशमा समेत विद्यार्थीहरुले राम्रो प्रगति गरेको सुनाउछिन । पछिल्लो समय ब्युटिपार्लर व्यवसायलाई मर्या्िदत र सम्मानित व्यवसायका रुपमा हेरिन थालिएकोमा खुशी व्यक्त गर्दै ब्युटिपार्लर व्यवसायीहरुले राज्यलाई कर तिरेपछि राज्यले ब्युटिपार्लर व्यवसायको विकासका लागि उचित कदम चाल्नुपर्ने बताउछिन । माध्यमिक स्तरसम्म ब्युटीपार्लर शिक्षालाई ऐच्छिक विषयका रुपमा समावेश गरिनुपर्ने, ऐन तथा कानुन बनाउनुपर्ने लगायतका मागहरु सरकार समक्ष राख्नुपर्ने अवश्यकता रहेको बताउँछिन ।

सानो लगानीमा मनग्य आम्दानी गर्न सकिने भएकाले यसतर्फ आर्कषण बढ्दै गइरहेकाले समय अनुसार विभिन्न तालिम तथा आवश्यक पुर्वाधार थप गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँछिन । सधै परिवारका अन्य सदस्यको भरमा जीवन निर्वाह गर्ने महिलाहरु स्वयम् आफ्नो कमाई गर्न सक्ने माध्यम भएको भन्दै उनले सौन्दर्य ब्यवसाय आम्दानीको माध्यम मात्र नभई महिलाको क्षमता प्रर्दशन समेत भएकाले यसमा लाग्नेलाई आवश्यकता अनुसार तालिम आवश्यक पर्ने रञ्जित बताउँछिन
।

प्रतिक्रिया