जंगली च्याउ खाएर एकै घरका तीन बालबालिका बिरामी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०८२, बिहीबार ०६:२५

हुम्ला।  जाजरकोटको नलगाड नगरपालिकामा एउटै परिवारका तीन जना बिरामी परेका छन् । उनीहरुले विषालु च्याउ खाएपछि बिरामी परेका हुन् ।

नलगाड- ४ पिपलचौरका मगबहादुर सिंहकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह बिरामी परेका छन् ।

सलघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएका छिमेकी नवराज शर्माले जानकारी दिए ।

उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको नगर अस्पतालका डाक्टर नवीन ध्यारले बताए ।

बर्खाको समयमा च्याउ नखाना चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया