काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. १ ले स्थानीय नागरिकहरुलाई फल तथा फुलका विरुवाहरु वितरण गरेको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं. १ को कार्यालय तौलुंगमा आयोजित एक विशेष समारोहका बीच फलफूलका विरुवाहरु वितरण गरिएको हो।
कार्यक्रममा मुन्तला, रोजमेरी लगायतका फलफूलका विरुवाहरु वितरण गरिएको छ। उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य जयराम थापा प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए भने वडा नम्बर १ का अध्यक्ष सुरेन्द्र लामा सहित वडा सदस्यहरु तथा स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया