काठमाडौं। लायन्स क्लब इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ जे (३२५ एमडी), नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं सहयात्रीको अध्यक्षमा आगामी लायन वर्ष २०२५–२०२६ का लागि लायन सुशील फुयाल चयन भएका छन् । समाजसेवामा निरन्तर सक्रिय रहनुभएका लायन फुयालको अध्यक्षतामा क्लबले आगामी एक वर्षको कार्यकालमा उल्लेखनीय सामाजिक कार्यहरू सम्पादन गर्ने लायन्सले विश्वास लिएको छ। क्लबका सदस्यहरूको तर्फबाट उहाँको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिएको छ। सबैको साझा साथ, समर्थन र सहयोगमा लायन सुशील फुयालको नेतृत्वमा क्लबले अझ प्रभावकारी र परिणाममुखी सेवा कार्यक्रमहरू अगाडि बढाउने अपेक्षा गरेको छ।
प्रतिक्रिया