एक्टिभ डान्स स्टार कम्पिटिसनको अडिसन राउण्ड सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
७ श्रावण २०७९, शनिबार २१:३१

काठमाडौं । नृत्य क्षेत्रमा रुचिराख्ने बाल बालिका तथा युवा वर्गलाई लक्षित गरी देशै भरी बाट उत्कृष्ट कलाकार छनौट गर्ने उदेश्यका साथ गर्न लागिएको एक्टिभ डान्स स्टार कम्पिटिसनको काठमाडौं भित्रको अडिसन राउण्ड आज सम्पन्न भएको छ ।
एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा भएको यो कम्पिटिसनको अडिसन राउण्ड तार्केश्वर ११ स्थित ईमेज एकेडेमीको प्रागणमा भएको थियो ।
प्हिलो राउण्डमा सहभागी मध्य २८ जना अर्को राउण्डको लागि छनौट भएका छन् ।
यो राउण्डमा सेलेक्ट भएकाहरु सिधै फाईनल राउण्डमा पुगेको आयोजकले बाताएका छन् ।
यो राउण्डमा निर्णायकको भुमिकामा नायक शितल के.सीं ,दिपक एस के र सुजन लामा रहेका थिए ।
आयोजक संस्थाका अध्यक्ष बिजेन्द्र नौबागे ले सन्चालन गरेको कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको आयोजक संस्थाले जानकारी गराएको छ ।
काठमाडौं को अर्को राउण्ड यहि २०७९ श्रावण १४ गते हुने तथा त्यो राउण्डमा भाग लिन चाहने ईच्छुक डान्सरहरुले आयोजकहरु संग सम्पर्क गरि फारम लिन सक्ने आयोजकहरुले बताएका छन् ।
कार्यक्रमको मिडिया पार्टनरको रुपमा सारा खवर , कोचे नेपाल , जन आकाश , भुमे अनलाईन लगायत रहेका छन् ।

 

 

प्रतिक्रिया

slot gacor