वस्तुको प्रत्यक्ष विक्रीको नाममा नेटवर्किङ व्यवसाय, वाणिज्य विभागले थाल्यो छानविन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७८, बिहीबार ०५:२४

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेटवर्किङ व्यवसाय सञ्चालन गर्न नपाइने स्पष्ट व्यवस्था गरेको जनाउँदै केही कम्पनीहरुले अनलाइन मार्फत त्यस्ता व्यवसाय सञ्चालन गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागद्वारा बुधवार जारी सूचनामा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई समेत आवद्ध गरी नेटवर्किङ शैलीमा ठगी गरेको तथा पूँजी पलायन गरेको गुनासो आएको पनि जनाएको छ ।

सूचनामा भनिएको छ, ‘गुनासो / उजुरीका आधारमा केही व्यक्ति, फर्म तथा कम्पनी उपर अनुसन्धान, जाँचबुझ तथा छानबिन भइरहेको छ ।

त्यस्ता गैरकानूनी व्यवसायिक काम कार्यवाही गरेमा उल्लेखित कानूनले १० लाख रुपैयाँसम्म वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने व्यवस्था गरेको हुनाले त्यस्ता कार्य नगर्नु नगराउनु हुन तथा ठगिनबाट सतर्क रहन सबैमा सूचित गरिन्छ ।’

यसरी उजुरी परेका कम्पनीहरूमा Hyper Fund Global, Jocial, CRU, Winter, Crowd One, Solemax, Point Wish लगायत रहेका छन् ।

प्रतिक्रिया

slot gacor