क्रोएशियाले डेनमार्कलाई टाइब्रेकरमा ३-२ ले हराउदै अघिल्लो चरणमा प्रवेस गर्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७५, सोमबार ०५:३८

रसियामा आइतबार राती सम्पन्न क्रोएशीया तथा डेनमार्कबीचको खेलमा डेनमार्क पराजीत भएको छ। क्रोएशियाले डेनमार्कलाई टाइब्रेकरमा ३(२ ले हराएको हो।

निर्धारित ९० मिनेटको खेल एक(एकको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुग्यो।

टाइब्रेकरमा पुग्नु अघि क्रोएशियाले खेलको ११७ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो तर लुका मोड्रिकले प्रहार गरेको पेनाल्टीलाई डेनमार्कका गोलरक्षक कास्पर सेमिचेल उत्कृष्ट बचाउ गरे जसका कारण खेल टाइब्रेकरमा पुग्‍यो।

यस अघि आयोजक राष्ट्र रसिया र स्पेनबीचको खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेर सकिएको थियो।पहिलो हाफमा दुबै देश १(१ गोलको बराबरीमा रोकिएका थिए र दोश्रो हाफमा कुनै गोल हुन सकेन।

खेलमा पहिलो अग्रता डेनमार्कले लिएको थियो। उसले खेलको दोश्रो मिनेटमा नै गोल गरेका थिए।

डेनमार्कका लागि ओर्गेनसनले सो गोल गरेका थिए। तर उसको अग्रतालाई क्रोएशियाका म्यान्डुजेकले दुई मिनेट पनि टिक्न दिएनन्। खेलको चौथो मिनेटमा नै उनले बराबरी गोल फर्काएका थिए।

प्रतिक्रिया

slot gacor