खेल जिते पछी नेइमारले मैदानमा घुँडा टेकेर खुशीका आँसु झारे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७५, शनिबार ०५:३९

काठमाडौ। नेमार र फिलिप्पे कौटिन्होले कोस्टारिकाविरुद्ध इञ्जुरी समयमा गोल गर्दै ब्राजिललार्इ विश्वकपको पहिलो जित दिलाएका छन्।९१ मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। ९७ मिनेटमा नेइमारले दोस्रो गोल गरे।

निर्धारित समयमा कोस्टारिकाले ब्राजिललार्इ गोररहित बराबरीमा रोकेपछि थपिएको खेलको पहिलो मिनेटमा कौटिन्हो र थपिएको ८ अौं मिनेटमा नेमारले गोल गरेका हुन्। ब्राजिलले दुवै गोल दोस्रो हाफको इन्जुरी टाइममा गर्‍यो।

अब ब्राजिलले समूह चरणको अन्तिम खेलमा सर्वियासँग प्रतिस्पर्धा गर्नेछ।

जितसँगै ब्राजिलले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। ब्राजिलले २ खेलबाट ४ अंक जोड्यो। यता लगातार हारपछि कोस्टारिका भने समूह चरणबाट बाहिर हुने खतरा भएको छ।

पूरा समय मेहनत गरेर कठीन जित पाएकाले खेल सकिएपछि नेइमार मैदानमा घुँडा टेकेर नराम्ररी रोए । लभलग कोस्टारिकाले रोकिसकेको खेलमा जित निकाल्न सक्दा उनले खुशीका आँसु झारेका हुन् ।

विश्वकप अघि घाइते रहेका उनको चोट पहिलो खेलपछि अभ्यासका क्रममा पनि बल्झिएको थियो । पूर्ण रुपमा फिट नहुँदा नहुँदै खेलेका उनले रुस विश्वकपमा पहिलो गोल गरेसँगै आँसु थाम्न सकेनन् ।

उनका टिममेट जितको खुसी मनाइरहेका बेला उनी भने दुबै हातम मुख छोपेर धेरै बेर रोइरहे ।

प्रतिक्रिया

slot gacor