सन्दीप विश्व ११ टिममा समावेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७५, बिहीबार ०४:५७

काठमाडौं । आइसीसीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछानेलाई विश्व ११ को टोलीमा समावेश गरेको छ।

पछिल्लो समयमा बंगलादेशी अलराउन्डर शकिब अल हसनले यो प्रतियोगितामा सहभागिता नजनाउने भएपछि आइसीसीले सन्दीपललाई मे ३१ मा इंग्ल्याण्डको लर्डसमा हुने खेलका लागि टिममा समेटेको हो।

विश्व ११ को टोलीमा सन्दीपसँगै इयोन मोर्गन (*कप्तान) ,साहिद अफ्रिदी, तमिम इक्वाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लागन, सोएब मल्लिक, हार्दिक पाण्ड्या, थिसारा परेरा र लुक रोन्ची रहेका छन्।

प्रतिक्रिया

slot gacor