खेलाडी सवार बस दुर्घटना, १४ को ज्यान गयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७४, आईतवार ०५:२०

क्यानाडा। पश्चिमी क्यानाडाको सस्काटवान प्रान्तमा शुक्रबार राति जुनियर हकी टोली चढेको गाडी र ट्रयाक्टर एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परि बसमा सवार चालक सहित १४ जनाको ज्यान गएको छ।

ज्यान गुमाउने अधिकाशं खेलाडीहरु १४ देखि २१ वर्ष उमेरसमूहका रहेको त्यहाको प्रहरीले जानकारी दिएको छ।

शुक्रबार राति निप्विनमा हुने भनिएको खेल खेल्न २८ जनाको टोली त्यसतर्फ जाने क्रममा साझ ५ बजे दुर्घटनामा परेको हो।

बाँकी सबै १४ जना घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको र तीन जनाको अवस्था चिन्ताजनक रहेको पनि प्रहरीले जानकारी दिएको छ। ज्यान गुमाउनेहरुको नामवली भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

slot gacor