२२ वर्षे क्रिकेट इतिहासमै सबैभन्दा ठूलो सफलता हात पर्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७४, शुक्रबार ०४:५५

काठमाडौं।  नेपालले २२ वर्षे क्रिकेट इतिहासमै सबैभन्दा ठूलो सफलता हात पारेको छ। जिम्बाम्बेमा जारी विश्वकप छनोट प्रतिस्पर्धामा नेपालले पपुवा न्यूगिनीलाई तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले इतिहासमै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो।

२२ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा एक खेल अगावै नेपालले पहिलो पटक वान डे अन्तर्राष्ट्रिय (ओडिआई)  स्ट्याटस पाउने भएको छ।

प्रतियोगिताअन्तर्गत बिहिबार भएको प्लेअफमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले सहज पराजित गरेको थियो।

अर्को प्रतिस्पर्धामा नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालका लागि एकदिवसीय मान्यताको ढोका खुलेको हो।

नेपालले अब शनिबार प्रतियोगिताको सातौं स्थानका लागि नेदरल्याण्ड्ससँग खेल्नेछ।

प्रतिक्रिया

slot gacor