रोनाल्डोले गुमाए सुनौलो अवसर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७४, बिहीबार ०६:२७

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत यो सिजनमा खराब प्रदर्शन गरिरहेको साबिक विजेता रियल मड्रिड फेरि पराजित भएको छ।

गएराति घरेलु मैदानमा भएको खेलमा जिनेदिन जिदानको टिम रियल मड्रिड भिल्लारियलसँग १–० ले पराजित भएको हो।

खेलको अन्तिम समयसम्म गोलरहित बराबरीमा रहेको भिल्लारियलका लागि ८७ औँ मिनेटमा पाब्लो फोर्नाल्सले गरेको गोल निर्णयक बन्न पुग्यो।

पहिलो हाफमा गोल गर्ने राम्रो मौका बनाएको रियल मड्रिडले गोल गर्न सकेन्। ग्यारेथ बेलले हेट मार्फत गोल गर्ने राम्रो अवसर पाएका थिए।

यस्तै क्रिष्टियानो रोनाल्डोले प्रहार गरेको फ्रि–किक बल बारमा लागेर फर्कियो। भिल्लारियलले रियल मड्रिडलाई पहिलो पटक उसकै मैदानमा पराजित गरेको हो।

पराजितपछि रियल १८ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ। १९ खेलबाट ३१ अंक जोडेको भिल्लारियल पाँचौँ स्थानमा छ।

प्रतिक्रिया

slot gacor