मेस्सीको पोल्टामा एकैचोटी दुई अवार्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०७४, आईतवार ०५:४८

एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको पोल्टामा एकै चोटी दुईवटा अवार्ड परेका छन्। सोमबार बार्सिलोनमा भएको विशेष कार्यक्रममा मेस्सीलाई सन् २०१६–१७ को सिजनका लागि पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड प्रदान गरिएको थियो। उनलाई दुबै अवार्ड स्पेनिस खेल पत्रिका मार्काले प्रदान गरेको हो।

मार्काले हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई पिचिची अवार्ड र उत्कृष्ट खेलाडीलाई अलफ्रेडो डि स्टेफानो अवार्ड प्रदान गर्दै आएको छ।

मेस्सीले गएको सिजन लुइस स्वारेजलाइ टक्कर दिदै ला लिगामा ३४ खेलमा ३७ गोल गरेका थिए। उनले गरेको गोल स्वारेजको भन्दा दुई बढी हो।

प्रतिक्रिया

slot gacor