विश्व पारातेक्वान्दोमा रञ्जनालाई कास्य पदक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ कार्तिक २०७४, आईतवार ०७:४४

७औं विश्व पारा तेक्वान्दोमा प्रतियोगितामा नेपालकी रञ्जना धामीले कास्य पदक हात पारेकी छिन्।

बेलायतको ओलम्पिक पार्कमा भएको खेलमा धामीले पेरुका खेलाडीलाई पराजित गर्दै कास्य हात पारेकी हुन्।

रञ्जनाका प्रशिक्षक कल्याण कुँवरकाअनुसार उनले ४४ देखि ४९ केजी तौल समुहमा पेरुका खेलाडीलाई २२–२० ले हराएकी हुन्।

प्रतियोगितामा दुई महिला र दुई पुरुष सहभागी भए पनि अन्य खेलाडीले पहिलो चरण पनि पार गर्न सकेनन्।

सेमिफाइनलमा उनी मंगोलियाको खेलाडिसँग पराजित भएकी थिइन्।

प्रतिक्रिया

slot gacor