जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्र अध्ययन समिति गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०८३, बिहीबार ०६:१९

काठमाडौं ।  सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनका क्रममा सुरक्षा संयन्त्रको भूमिकाबारे अध्ययन गर्न विशेष समिति गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्की को संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले जानकारी दिए।

निर्णयअनुसार समितिमा सशस्त्र प्रहरी बलका पूर्व एआईजी सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व एआईजी टेक प्रसाद राई सदस्य रहेका छन्। समितिले सुरक्षा संयन्त्रको भूमिका, जिम्मेवारी र सुधारका विषयमा अध्ययन गरी सरकारलाई सिफारिस गर्नेछ।

यसअघि गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे प्रतिवेदन पेश गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत सुरक्षाकर्मीमाथि कारबाही गर्न सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा सरकारले ओली र लेखकलाई पक्राउ गरेको भए पनि सर्वोच्च अदालत को आदेशपछि उनीहरू रिहा भएका थिए। सुरक्षाकर्मीको हकमा भने थप अध्ययन आवश्यक रहेको निष्कर्षपछि सरकारले छुट्टै समिति गठन गरेको हो।

सरकारले उक्त प्रतिवेदन कार्यान्वयनलाई व्यवस्थित र प्रमाणआधारित बनाउन समिति गठन गरिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply