काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरणअनुसार गृहमन्त्री सुधन गुरुङ को विभिन्न कम्पनीहरूमा ४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको शेयर लगानी रहेको उल्लेख गरिएको छ।
सम्पत्ति विवरणमा उनले होप होल्डिङ्स प्रालिमा ३० लाख रुपैयाँ बराबरको ३० हजार कित्ता शेयर, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५७ लाख रुपैयाँ बराबरको ५७ हजार कित्ता शेयर रहेको जनाएका छन्। त्यसैगरी, धितोपत्र बजार मा कारोबार हुने शेयरहरूमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी रहेको उल्लेख छ।
यस्तै, एडभेन्चर भिल्ला प्रालिमा ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता शेयर लगानी रहेको पनि सार्वजनिक विवरणमा उल्लेख गरिएको छ।
गृहमन्त्री गुरुङले यी सबै लगानीको स्रोत व्यवसाय, पैतृक सम्पत्ति तथा अन्य लगानीबाट प्राप्त भएको बताएका छन्।
प्रतिक्रिया