काठमाडौं। केपी शर्मा ओली स्वास्थ्योपचारका लागि अझै केही दिन अस्पतालमै रहने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री रहेका ओली जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा परेका थिए।
प्रहरी नियन्त्रणमा रहेकै अवस्थामा उपचाररत रहेका उनलाई सर्वोच्च अदालतको परमादेशपछि आज रिहा गरिएको हो। ओलीले सरकारले आफूविरुद्ध पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन्। उनले मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि अन्ततः रिहा हुनुपरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गरेका छन्। आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले उनलाई भक्तपुरको गुण्डुबाट चैत १४ गते नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया