फेवाताल क्षेत्रको जग्गा यथार्थ छानबिन गर्न समिति गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०८२, मंगलवार ०६:३२

काठमाडौँ । पोखराको फेवाताल चार किल्लाभित्रको जग्गाको हालको स्थिति यकिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय ले भूमि व्यवस्था तथा अभिलेख विभाग का महानिर्देशकको संयोजकत्वमा उक्त समिति गठन गरेको हो।

समितिले फेवाताल क्षेत्रभित्रको जग्गाको वर्तमान अवस्था, निर्माण भएका संरचना तथा प्रयोगको स्थिति अध्ययन गर्नेछ। साथै, सबै कित्ता जग्गाको यथार्थ विवरण संकलन गरी अभिलेखीकरणको तयारी गरिने मन्त्रालयले जनाएको छ।

यसअन्तर्गत निजी तथा सरकारी जग्गाको दर्ता अवस्था, प्रयोग र स्वामित्व सम्बन्धी विस्तृत अध्ययन गरिनेछ। फेवाताल क्षेत्रको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको हो।

समितिलाई सात दिनभित्र प्रतिवेदन तयार गरी पेश गर्न निर्देशन दिइएको छ।

पछिल्लो समय बालेन शाह ले फेवाताल संरक्षणप्रति चासो देखाएसँगै पोखरा महानगरपालिका ले अतिक्रमित क्षेत्र खाली गराउने अभियान पनि अघि बढाएको थियो।

प्रतिक्रिया

slot gacor