संविधान संशोधनका लागि बहसपत्र तयार पार्न कार्यदल गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०८२, मंगलवार ०६:५१

काठमाडौं । सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार पार्न प्रधानमन्त्री बालेन शाह का राजनीतिक सल्लाहकारको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुसार संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

कार्यदलको अध्यक्षतामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह नियुक्त भएका छन्। उनी प्रतिनिधि सभाका पूर्वसांसद समेत हुन्।

प्रवक्ता पोखरेलले संविधान संशोधनका लागि सबै राजनीतिक दलको सहमति आवश्यक रहने उल्लेख गर्दै कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि सहभागी हुने जानकारी दिए।

“राजनीतिक सल्लाहकारको अध्यक्षतामा रहने कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहनेछ,” उनले भने, “राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनका लागि बहसपत्र तयार गरिनेछ।”

सरकारको यस निर्णयलाई आगामी दिनमा संविधान संशोधनको आधार तयार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

slot gacor