संघीय मन्त्रालय १७ मा झार्ने निर्णय, ३० दिनभित्र संरचना पुनर्गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०८२, आईतवार ०६:१९

काठमाडौं । नेपाल सरकार ले संघीय मन्त्रालयको संख्या घटाएर १७ मा सीमित गर्ने निर्णय गरेको छ। बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को शुक्रबार बसेको पहिलो बैठकले शासकीय सुधारअन्तर्गत यस्तो निर्णय गरेको हो।

शनिबार सार्वजनिक गरिएको १०० बुँदे कार्यसूचीमा मन्त्रालय संख्या घटाउने विषयलाई प्राथमिकतामा राखिएको छ। हाल प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्रिमण्डल रहेको भए पनि संरचनात्मक पुनर्गठनमार्फत मन्त्रालयको संख्या घटाइने उल्लेख गरिएको छ।

सरकारले ३० दिनभित्र कार्यविभाजन नियमावली संशोधन गरी मन्त्रालय संख्या १७ मा झार्ने तयारी गरेको छ। यस निर्णयले प्रशासनिक खर्च घटाउने, कार्यदोहोरोपन हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको सरकारको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply