काठमाडौं । नेपाल सरकार ले महिलाहरूको सुरक्षित सार्वजनिक यातायात सुनिश्चित गर्न ‘ब्लु बस’ सेवा सातै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १०० दिनभित्र २५ वटा बस सञ्चालन गर्ने निर्णय गरेको हो।
महिलाहरूको सुरक्षालाई प्राथमिकतामा राखेर सुरु गरिएको यो सेवा अब देशव्यापी रूपमा लागू गरिनेछ। सार्वजनिक यातायातमा हुने दुर्व्यवहार, असुरक्षा र असहज अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले सरकार अघि बढेको हो।
यसअघि रवि लामिछाने ले चितवनबाट ‘ब्लु बस’ सेवा सुरु गरेका थिए। उक्त पहललाई प्रभावकारी मान्दै सरकारले अब सातै प्रदेशमा विस्तार गर्ने निर्णय लिएको हो।
सरकारका अनुसार ‘ब्लु बस’ सेवा सञ्चालन भएपछि महिलाहरूलाई सुरक्षित, सहज र विश्वासिलो सार्वजनिक यातायात उपलब्ध हुनेछ। साथै, यसले सार्वजनिक यातायातमा महिलामैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया