भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई उनको निवासबाटै प्रहरीले पक्राउ गरेको छ।
सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई आज बिहानै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिएका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली बिहान करिब ५:०० बजे गुण्डु पुगेको थियो।
उक्त टोलीले ओलीलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं लगेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया