‘जेनजी आन्दोलन’मा बल प्रयोग ‘आतंकवादी शैली’ : बालेन शाह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०८२, बिहीबार ०६:२७

काठमाडौं ।  बालेन शाह ले भदौ २३ गतेको प्रदर्शनमा सरकारले प्रयोग गरेको बललाई ‘आतंकवादी शैली’ को संज्ञा दिएका छन्।

भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा भएको मानवीय तथा भौतिक क्षतिबारे छानबिन गर्न गठित आयोगसमक्ष बयान दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। उक्त आयोगको नेतृत्व गौरीबहादुर कार्की ले गरेका थिए।

आयोगको प्रतिवेदन सरकारलाई बुझाइसकिए पनि सार्वजनिक नगरेको भन्दै आलोचना भइरहेका बेला अहिले बाहिरिएको प्रतिवेदनमा शाहको बयान समेटिएको छ।

बालेनको भनाइ

शाहका अनुसार २०८२ साल भदौ २३ र २४ गते उनी सरकारी निवास लैनचौरमा थिए र २३ गतेको शान्तिपूर्ण र्‍यालीलाई समर्थन गरेका थिए। आन्दोलनमा सहभागी नभए पनि व्यवसायी तथा रेस्टुरेन्टहरूको आग्रहमा महानगर प्रहरी बलमार्फत पानी वितरण गरिएको उनले बताएका छन्।

उनले स्थिति तनावपूर्ण बन्दै गएको जानकारी सञ्चार माध्यमबाट पाएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत संयम अपनाउन अपिल गरेको र त्यसले आन्दोलन शान्त पार्न सहयोग पुगेको दाबी गरेका छन्।

भदौ २४ गतेको घटनालाई दुःखद बताउँदै उनले २३ गते सरकारद्वारा भएको अत्यधिक बल प्रयोग नै त्यसको कारण हुन सक्ने बताएका छन्। “तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो, सम्पूर्ण क्षतिको जिम्मा सरकार र सहभागी दलले लिनुपर्छ,” भन्ने उनको बयानमा उल्लेख छ।

त्यस्तै, काठमाडौं महानगरपालिकाले समयमै दमकल पठाएर आगलागी नियन्त्रण गरेको र घाइते तथा मृतकका परिवारलाई आवश्यक सहयोग गरिएको पनि उनले बताएका छन्।

शाहले सामाजिक सञ्जालमा प्रयोग गरिएको ‘जलाइदिन्छु’ भन्ने शब्द आफूले नलेखेको र त्यो अभिव्यक्ति ‘मेटाफोर’ मात्र भएको स्पष्ट पारेका छन्।

प्रतिक्रिया

slot gacor