काठमाडौं – रामचन्द्र पौडेल ले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।
राष्ट्रपति कार्यालय शीतल निवास मा आज बिहान ११:१५ बजे शपथ ग्रहण कार्यक्रम आयोजना हुने जनाइएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन्।
उक्त निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सांसद निर्वाचित भएका छन्। नेपाली काँग्रेस का केसी समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा पुगेका हुन्।
ज्येष्ठ सदस्य केसीले नै आगामी चैत १२ गते बिहीबार प्रतिनिधिसभामा निर्वाचित सबै सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ।
प्रतिक्रिया