सरकारमा नजाने हर्क साम्पाङको अडान, प्रतिपक्षमै बसेर काम गर्ने घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०८२, बुधबार ०६:१०

काठमाडौं ।  हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ।

काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष साम्पाङले जनताले आफूहरूको पार्टीलाई प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्ने म्यान्डेट दिएको बताए। उनले भने, “जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएकोले सोही अनुसार काम गर्नेछौँ।”

सरकारमा जाने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले पार्टीको अडान दोहोर्‍याउँदै सरकारमा सहभागी नहुने स्पष्ट पारे। “हामी राम्रो कामलाई साथ दिन्छौँ, नराम्रो कामको सधैँ विरोध गर्छौँ,” उनले भने।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी का नेताबाट प्रधानमन्त्रीबारे आएका चर्चाप्रति प्रतिक्रिया दिँदै साम्पाङले प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिन सक्ने व्यक्ति मात्रै प्रधानमन्त्री हुनुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया

slot gacor