काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्यको शपथ चैत ११ गते हुने भएको छ।
नेपाली कांग्रेस का सांसद अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य रहेका छन्। ७८ वर्षीय केसीले चैत ११ गते रामचन्द्र पौडेल समक्ष शपथ लिने कार्यक्रम तय भएको छ।
केसी नेपाली कांग्रेसको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
संवैधानिक व्यवस्थाअनुसार ज्येष्ठ सदस्यले प्रतिनिधिसभाका अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने व्यवस्था रहेको छ।
यसैबीच संघीय संसद् सचिवालय ले नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते गर्ने निर्णय गरिसकेको जनाएको छ।
प्रतिक्रिया