नेपाली कांग्रेसमा पुनः विवाद चर्कियो, देउवा–कोइराला समूहद्वारा छुट्टै बैठक आह्वान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०८२, सोमबार ०६:४५

काठमाडौ। नेपाली कांग्रेस भित्र पुनः आन्तरिक विवाद चर्किन थालेको छ। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहँदा शेरबहादुर देउवाशेखर कोइराला समूहले छुट्टै केन्द्रीय समिति बैठक आह्वान गरेका छन्।

देउवा–कोइराला समूहले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। आज बिहान पूर्णबहादुर खड्का को संयोजकत्वमा धुम्बाराहीमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

सो समूहको केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लाई भने नबोलाइने जनाइएको छ। यसअघि खड्काको अध्यक्षतामा बसेको बैठकले थापा र शर्मामाथि कारबाही गर्ने निर्णय गरेकोले उनीहरूलाई बैठकमा सहभागी नगराइने बताइएको हो।

देउवा–कोइराला समूहले पार्टीको विशेष महाधिवेशनविरुद्ध अदालतमा दायर गरेको मुद्दा हाल विचाराधीन रहेको छ।

आजको कार्यसम्पादन समिति बैठकमा पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियारबद्री पाण्डे लगायतका नेताहरू सहभागी रहेका थिए।

प्रतिक्रिया

Leave a Reply