काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नेपाली कांग्रेस का सभापति गगन थापा ले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्।
केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका हुन्। यद्यपि, पार्टीले उक्त राजीनामाबारे औपचारिक रूपमा सार्वजनिक गरेको छैन।
६ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक छलफल हुने जनाइएको छ। पार्टीका एक पदाधिकारीका अनुसार राजीनामा दिने निर्णय सभापतिको भए पनि त्यसलाई स्वीकृत गर्ने वा नगर्ने अधिकार केन्द्रीय कार्यसमितिमा निहित रहनेछ।
यसअघि तत्कालीन सभापति शेरबहादुर देउवा समूहसँगको असहमतिका बीच तत्कालीन महामन्त्रीको हैसियतमा रहेका थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाएका थिए।
पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ।
प्रतिक्रिया