आजदेखि चैत्र नवरात्र सुरु, हनुमानढोकामा घटस्थापना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०८२, बिहीबार ०६:५०

काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र नवरात्र सुरु भएको छ। नवरात्रको पहिलो दिन आज हनुमानढोका दरबार मा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति का कार्यकारी निर्देशक लक्ष्मण पन्थी का अनुसार आज बिहान ७ः५१ बजे घटस्थापनाको साइत उत्तम रहेको छ। उनले उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत तय गरिएको जानकारी दिए।

चैत्र नवरात्रका अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा पूजाआराधना र उपासनाका लागि भक्तजनहरूको भीड लाग्ने गर्दछ।

शास्त्रीय मान्यताअनुसार वर्षमा चार नवरात्र पर्ने गर्दछन्। आसार, असोज, पुस र माघ शुक्ल पक्षमा नवरात्र मनाइने गरिन्छ। नेपाली परम्परामा आसार र पुस शुक्ल पक्षका नवरात्रलाई ‘लुप्त नवरात्र’ समेत भनिन्छ।

प्रतिक्रिया

Leave a Reply