समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०८२, बुधबार ०७:२७

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरिने भएको छ।

निर्वाचन आयोग का सहायक प्रवक्ता कुलबहादुर जिसी ले कानुनअनुसार निर्धारण गरिएको ‘क्लस्टर’ प्रणालीका आधारमा प्रमाणपत्र वितरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

आयोगले सोमबार सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ ५७ जना सांसद निर्वाचित भएका छन्। यसैगरी नेपाली कांग्रेस बाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १६, नेपाल कम्युनिष्ट पार्टी बाट ९, श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी बाट ४/४ जना सांसद निर्वाचित भएका छन्।

सहायक प्रवक्ता जिसीका अनुसार बिहीबार नै समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेपछि प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समग्र प्रतिवेदन रामचन्द्र पौडेल समक्ष बुझाइनेछ।

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश भएसँगै नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया

Leave a Reply