काठमाडौं । निर्वाचन आयोग नेपाल ले धनुषा–१ को मत परिणाम तत्काल घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको छ।
आयोगले फागुन १८ गते राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह कमल को उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध कमलले सर्वोच्च अदालत मा रिट दायर गरेका छन्।
यसै सन्दर्भमा अदालतबाट अन्तिम आदेश नआएसम्म धनुषा–१ को पहिलो हुने निर्वाचन प्रणाली (FPTP) अन्तर्गतको मतपरिणाम घोषणा नगर्न आयोगले निर्देशन दिएको हो।
हाल धनुषा–१ मा मतगणना भने जारी रहेको छ। मतगणनाका क्रममा उम्मेदवारी खारेज भएका कमलकै पक्षमा उल्लेख्य मत आइरहेको स्रोतले जनाएको छ।
यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी का मातृका यादव, नेपाली कांग्रेस का राम पल्टन साह तथा नेकपा एमाले का रामचन्द्र मण्डल बीच प्रतिस्पर्धा भइरहेको छ।













प्रतिक्रिया