प्रचार सामग्रीमा कडाइ : भित्तेलेखन र ब्यानरमा रोक, उल्लङ्घन गरे २५ हजारसम्म जरिवाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०८२, बिहीबार ०६:४६

काठमाडौँ ।  निर्वाचन आयोग ले निर्वाचन प्रचारप्रसारका क्रममा भित्तेलेखन, पोस्टर, तुल, ब्यानर वा डिजिटल डिस्प्ले छाप्ने/छपाउने कार्यमा पूर्ण रूपमा रोक लगाएको छ। नियम उल्लङ्घन गरेमा अधिकतम २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने आयोगले जनाएको छ।

आयोगका अनुसार सामान्य पर्चा वितरण भने तोकिएको आकार र रङमा मात्र अनुमति हुनेछ। तर कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा अन्य संरचनामा पर्चा टाँस्न पाइँदैन।

निर्वाचन प्रचारका लागि आयोजना गरिने सभा वा भेलामा वा सूचना प्रवाहका लागि बाहेक अन्यत्र साउन्ड सिस्टम प्रयोग गर्न पनि रोक लगाइएको छ। मतदान हुने दिनभन्दा ४८ घण्टा अघि देखि मतगणना सम्पन्न नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा सभा, जुलुस, नाराबाजी वा अन्य प्रकारका प्रचारप्रसार गर्न नहुने व्यवस्था गरिएको छ।

उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पर्ने खालको प्रचार गर्न पनि निषेध गरिएको छ। निर्वाचन आचारसंहिता २०८२ अनुसार नियम उल्लङ्घन भएमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले जरिवाना लगाउन सक्ने प्रावधान रहेको छ।

प्रतिक्रिया

slot gacor