काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसअघि निर्वाचन आयोगले पनि मतदाताको सहभागिता बढाउने उद्देश्यसहित सो अवधिमा सार्वजनिक बिदा घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो। आयोगका अनुसार मतदान प्रक्रियामा अधिकतम सहभागिता सुनिश्चित गर्न तथा मतदाता अनुकूल वातावरण सिर्जना गर्न उक्त अवधिमा बिदा आवश्यक हुने निष्कर्षसहित प्रस्ताव पठाइएको थियो।
सरकारको निर्णयसँगै सार्वजनिक बिदासम्बन्धी व्यवस्था कार्यान्वयनमा आउने भएको छ। आयोगको सिफारिसअनुसार निर्णय भएपछि निर्वाचन अवधिमा लामो बिदा हुने अवस्था बनेको छ।
यस वर्ष फागुन १८ गते पहाडी क्षेत्रमा र १९ गते तराई क्षेत्रमा होली परेको छ। त्यसैगरी २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस परेको छ।
यसरी हेर्दा निर्वाचन आसपासको समय करिब एक हप्ता लामो बिदा हुने भएको छ, जसले सर्वसाधारणलाई मतदान प्रक्रियामा सहभागी हुन सहज वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया