निर्वाचनप्रति आशंका बढेको ओलीको भनाइ, निष्पक्ष वातावरण सुनिश्चित गर्न सरकारलाई सुझाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०८२, सोमबार ०६:५७

काठमाडौँ ।  केपी शर्मा ओली ले फागुन २१ गते तय गरिएको निर्वाचनप्रति आशंका बढेको बताएका छन् । चुनावी अभियानका क्रममा गृहजिल्ला झापा जिल्ला पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारलाई देखिएका आशंका हटाउन पहल गर्न आग्रह गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका ओलीले कुनै पनि बहानामा निर्वाचन रोक्न नहुने उल्लेख गर्दै धाँधली हुन सक्ने आशंकाबारे नागरिकस्तरमै गम्भीर चासो व्यक्त भइरहेको बताए । त्यस्ता आशंकाको निवारण गर्ने जिम्मेवारी सरकारकै भएको उनको भनाइ थियो ।

शान्ति–सुरक्षाप्रति सर्वसाधारण ढुक्क हुन नसकेको उल्लेख गर्दै उनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने सुनिश्चितता दिन सरकारलाई सुझाव दिए ।

‘निर्वाचनमा सहभागी भइसके पनि मेरो दलको तर्फबाट निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि एमाले सहयोग गर्न तयार छ,’ ओलीले भने । उनले एमाले निर्वाचनको वातावरण बिगार्ने वा बिथोल्ने गतिविधिमा सहभागी नहुने स्पष्ट पारे ।

प्रतिक्रिया