भौतिक स्वरूपका चुनाव चिन्ह प्रयोग नगर्न आयोगको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०८२, सोमबार ०६:४४

काठमाडौँ ।  निर्वाचन आयोग ले निर्वाचन प्रचारका क्रममा चुनाव चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले आइतबार विज्ञप्ति जारी गर्दै प्रचारका क्रममा धातु, काठ वा अन्य वस्तुबाट बनाइएका चुनाव चिन्ह बोक्न नपाइने स्पष्ट पारेका हुन् ।

आयोगका अनुसार यस्ता भौतिक स्वरूपका चिन्ह बोकेर हिँड्दा जनसमुदायको शान्ति तथा सुरक्षामा प्रतिकूल असर परेको र सुरक्षा जोखिम बढेको भन्दै विभिन्न उजुरी तथा गुनासो प्राप्त भएका छन् । त्यसैले यस्तो गतिविधि नगर्न कडाइका साथ निर्देशन दिइएको हो ।

आयोगले भने कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डअनुसार निर्वाचन चिन्हको प्रचार गर्न भने छुट रहने जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता र आयोगका निर्देशनको पूर्ण पालना गर्न आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply