मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ । चुनौतीपूर्ण कार्य सम्पादन गर्न सकिनेछ । साताको मध्यमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । वित्तीय वा सहकारी संस्थाबाट सफलता मिल्ला । साताको अन्तिममा नयाँ कार्य प्रति मन जानेछ । व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा इष्टमित्र वा प्रभावी व्यक्तिको सहयोगले रोकिएका कार्य सम्पादन हुनेछन् । साताको मध्यमा आर्थिक पक्ष सबल रहनेछ । आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ । साताको मध्यमा विद्यार्थीहरू परीक्षामा सफल हुनेछन् । मन प्रसन्न रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा धन लाभका नयाँ अवसरहरू जुट्नेछन् । सुख सुविधामा वृद्धि हुनेछ । गृहणीहरूको घरको कामकाजमा समय बित्नेछ । साताको मध्यमा पहिलाका गल्तीबाट पाठ सिकेर अगाडि बढ्नुहोस् । आफन्तहरूबाट टाढा हुनाले मन खिन्न रहनेछ । साताको अन्तिममा प्रेम र मित्रताको बन्धन कसिनेछ । शिक्षाको क्षेत्र फराकिलो बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा उद्योग र कारोबारमा थप लगानी लगाउने समय रहेको छ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । साताको मध्यमा शेयर बजारबाट मनग्य फाइदा हुनेछ । व्यापार व्यवसायमा माननीयजनहरूको सहयोग मिल्नेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । वैदेशिक रोजगारमा बाधा आउनेछ । भौतिक सुख सुविधामा धन खर्चका योग छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । कार्य क्षेत्रमा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । साताको मध्यमा बोलीको माध्यमले कार्य सिद्ध गर्न सक्नुहुनेछ । बच्चाहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ । साताको अन्तिममा साहस र उत्साहमा वृद्धि हुनेछ । कानुनी समस्याहरु सुल्झिनेछन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको आरम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । वैदेशिक काममा समय अनुकूल नहोला । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । धार्मिक यात्रा गर्नुपर्ला । साताको अन्तिममा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । नोकरी वा पेशामा अधिकारीहरूबाट सम्मान पाइनेछ । आर्थिक पक्ष सामान्य रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ । आय आर्जनका स्रोतहरु बढ्नेछन् । साताको मध्यमा समाजमा प्रतिष्ठित व्यक्तिको सलाहलाई वेवस्था नगरौं । अरुमाथि आँखा बन्द गरेर विश्वास नगर्नुहोला । साताको अन्तिममा शेयर बजारबाट मनग्य लाभ मिल्ला । दाम्पत्य जीवन सुमधुर रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा कार्य क्षेत्रमा पिताको सहयोग मिल्नेछ । प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ । साताको मध्यमा भौतिक संशाधन जुटाउनमा सफल भइनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । साताको अन्तिममा स्वास्थ्य कमजोर रहनाले सोचेजस्तो उपलब्धि तत्काल नपाइएला । कार्य क्षेत्रमा जिम्मेदारी बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा भाग्यको साथले नयाँ परिबन्ध जुराउनेछ । विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग मिल्नेछ । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । साताको अन्तिममा कार्य क्षेत्रमा नयाँ अवसर हात लाग्नेछ । प्रतिष्ठित कार्य गर्ने समय रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुका साथै सामाजिक सहयोग मिल्नेछ । साताको मध्यमा धनमा वृद्धि हुनेछ । मित्रले गर्दा रोकिएको काम सम्पादन हुनेछ । साताको अन्तिममा समयमा निर्णय नलिँदा परिस्थितिवस पछाडि परिएला । पारिवारिक सद्भावमा कमी आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्ररम्भ सामान्य रहनेछ । काम काजमा धेरै खट्नुपर्ला । समय सफलतादायक रहनेछ । गरेको काममा जस पाउनुहुन्छ । साताको मध्यमा सहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ । दिगो लाभको कार्य प्रारम्भ गर्न सक्नुहुनेछ । साताको अन्तिममा मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । परिवारको साथले मनमा नयाँ उत्साह जगाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा परिस्थिति अनुकूल रहनाले लक्ष्य प्राप्ति गर्न सजिलो हुनेछ । भविष्यको बाटो खोज्ने समय रहेको छ । साताको मध्यमा शत्रुहरू सक्रिय रहनेछन् । अरुलाई सल्लाह दिनदेखि बच्नुहोस् । साताको अन्तिममा न्यायिक वा कानुनी पक्ष मजबुत हुनेछ । अधिकारीहरूबाट प्रशंसा पाइएला ।
प्रतिक्रिया