काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए) को भदौ ७ गते हुने निर्वाचन लागि अध्यक्ष पदका उम्मेदवार कुल बहादुर गुरुङ नेतृत्वको प्यानलको उम्मेदवारहरु तय गरी बिहिबार औपचारीक परिचय गरँइएको छ । गुरुङ नेतृत्वमा समावेशी उम्मेदवारहरु देखिएको छ । ‘हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान, सशक्त संघ र दिगो पर्वतीय पर्यटन’ नाराका साथ एनएमए २०२५ का लागि गुरुङ नेतृत्वको उम्मेदवारहरुको घोषणा गरिएको हो ।
कुल बहादुर गुरुङ नेतृत्वमा टिकाराम गुरुङ ,वरिष्ठ उपाध्यक्ष, मिङमा म्याबु शेर्पा प्रथम उपाध्यक्ष, धन बहादुर गुरुङ ,द्वितीय उपाध्यक्ष, बिमल कुमार नहकी महासचिव, डीमा डिकी शेर्पा सचिव, सुमी लामा ,कोषाध्यक्ष, पुष्कर शाह सदस्य, बल बहादुर सुयाल सदस्य, हरि गोपाल प्रधान सदस्य, माधव प्रसाद पाण्डे ,सदस्य, दिकी शेर्पा ,सदस्य, सुदास लामा ,सदस्य, लाल बहादुर जिरेल ,सदस्य, नुर्बु छिरिङ शेर्पा लामा ,सदस्य, पासाङ शेर्पा ,सदस्य, गीता राई ,सदस्य, अशोक तामाङ ,सदस्य रहेका छन् ।
उम्मेदवार परिचय कार्यक्रममा अध्यक्ष उम्मेदवार कुल गुरुङले समग्र पर्यटन क्षेत्रको विकासंगै नीतिगत रुपमा हिमालको संरक्षणको लागि काम गर्ने बताए । त्यस्तै उम्मेदवारहरुले आफ्नो दक्षता र अनुभवमा शंका नगरी मत प्रदान गर्न मतदाताहरुलाई अनुरोध गरे । गुरुङको प्यानलााई समर्थन गर्दै पर्यटन क्षेत्रका ब्यवसायीहरुले शुभकामना ब्यक्त गरे ।
प्रतिक्रिया