विद्यार्थीहरुको शैक्षिक भविश्य उज्वल बनाउने उदेश्य सहित Scholars Gyan Academy को उद्घाटन हुँदै

evccfn@gmail.com' rastriyakhabar
१५ श्रावण २०८२, बुधबार २२:११

काठमाडौ. । विद्यार्थीहरुको शैक्षिक भविश्य उज्वल बनाउने उदेश्य सहित Scholars Gyan Academy / SGA Global Education Services को भव्य उद्घाटन कार्यक्रम २०८२ साल श्रावण १६ गते, शुक्रबार चाबहिल चुच्चेपाटीस्थित प्रभु बैंक रहेको भवनको चौथो तल्लामा हुँदैछ ।

Scholars Gyan Academy / SGA Global Education Services ले नेपाली विद्यार्थीहरूका लागि नेपालका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरिने विषयमा ट्युसन कक्षाहरू, प्रवेश परीक्षा तयारी कक्षाहरू, भाषा तयारी कक्षाहरू संचालन गर्नेछ, साथै विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि परामर्श सेवा (Counselling) पनि उपलब्ध गराउनेछ ।

उद्घाटनको अवसरमा जापानी भाषा कक्षामा भर्ना हुने विद्यार्थीहरूलाई शतप्रतिशत छुट (100% off) दिइनेछ भने अन्य सबै कोर्सहरूमा ८० प्रतिशत छुट प्रदान गरिनेछ । थप रूपमा, उद्घाटन सप्ताहभरि भर्ना गर्ने विद्यार्थीहरूलाई ५० प्रतिशत छुटको विशेष सुविधा पनि उपलब्ध गराइनेछ ।

Scholars Gyan Academy / SGA Global Education Services ले विद्यार्थीहरूको शैक्षिक भविष्य उज्वल बनाउन, अनुभवी शिक्षकहरूमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने र उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्य राखेको छ ।

प्रतिक्रिया

slot gacor