हिमानी शाह र हृदयेन्द्रले गरे निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०८२, मंगलवार ०५:२९

काठमाडौँ। जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् ।

रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिँचाइ पोखरीबाट सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ।

यस पोखरीको निर्माणले जुम्लाका किसानलाई स्याउ, आलु र मार्सी धानजस्ता बाली उत्पादनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले यस सिँचाइ आयोजनाले स्थानीय कृषि उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply