सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तोकेन्द्र गधराज निर्वाचित

evccfn@gmail.com' rastriyakhabar
१४ बैशाख २०८२, आईतवार ११:०९

काठमाडौं । पछिल्लो समय सिन्धुपाल्चोक माओवादीमा चर्चित बन्दै गएका युवा नेता तोक बहादुर गधराज (तोकेन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा चयन भएका छन् ।
गत २०७९को स्थानिय निर्वाचनमा निहु खोज्न आउनेलाई कम्मरमुनि हान्दिनु भन्ने भाषण दिए पछि चर्चामा आएका गधराज सिन्धुपाल्चोक माओवादीमा मात्र नभएर ग्रंील तथा स्टील व्यवसायी महांसंघ नेपालमा केन्द्रिय सदस्यको रुपमा कार्यरत छन् ।
बिभिन्न सामजिक संस्थामा सकृय गधराज ग्रील तथा स्टील व्यसायी समेत हुन् । हरेक परिस्थितिलाई सहजरुपमा पार लगाउने क्षमता भएका गधराजको नेतृत्वले सिन्धुपाल्चोक माओवादीलाई थप बलियो बनाउने आँकलन गरिएको छ ।
शनिबार काठमाडौंमा सम्पन्न दोस्रो सम्मेलनबाट गधराजको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएका हुन् ।
नवगठित समितिमा
१) अध्यक्ष ः तोक बहादुर गधराज(तोकेन्द्र)
२) बरिष्ठ उपाध्यक्ष ः सुदर्शन लम्साल
३) उपाध्यक्ष ः सुवास लामा
४) उपाध्यक्ष ः रेशम पाख्रिन
५) उपाध्यक्ष ः शारदा आचार्य (अनुपमा)
६) उपाध्यक्ष ः रेशम श्रेष्ठ
७) सचिव ः छन्द प्रसाद नेपाल (सिपी)
८) सहसचिव ः राजेश तामाङ
९) सहसचिव ः राजन भुजेल
१०) कोषध्यक्ष ः ज्ञानसिं वाइबा
सदस्यहरु
११) कृष्ण सुनार
१२) रमित गुभाजु
१३) बसन्त घिसिङ
१४) तारादेवी श्रेष्ठ
१५) रामकुमार बस्नेत
१६) लक्ष्मण लामा
१७) सुरेश घिसिङ
१८) टिका प्रसाद सापकोटा
१९) राजेश श्रेष्ठ
२०) लक्ष्मण नेपाल
२१) अम्बिका गौतम
२२) राजेन्द्र प्रसाद दुलाल
२३) अर्जुन प्रसाद आचार्य
२४) उमेश कोईराला
२५) गम्भिर तामाङ
२६) सरस्वती घोरासैनी
२७) रामचन्द्र पौडेल
२८) तिलक बहादुर श्रेष्ठ
२९) रामकाजि श्रेष्ठ
३०) सुन बहादुर साम्देन
३१) राजकुमार सुनार
३२) रविना आचार्य दनुवार
३३) रामकुमार दंगाल
३४) बम प्रसाद न्यौपाने
३५) मनिकुमार श्रेष्ठ
३६) सन्देश नेपाल
३७) अनिश श्रेष्ठ
३८) पुर्ण बहादुर तामाङ
३९) नवराज भट्टराई
४०) राजेन्द्र प्रसाद दंगाल
४१) संजयकुमार लामा

त्यस्तै, सम्मेलनले अनुशासन समितिको प्रमुखमा देवराज बस्नेत र लेखा समितिको प्रमुखमा केदार चौलागाईंलाई चयन गरेको छ भने अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्षमा रिना घिमिरेलाई जिम्मेवारी दिइएको जिल्ला निर्वाचन समितिका प्रमुख राजेन्द्र शर्माले जानकारी दिएका छन् ।

पुर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,पुर्व सभामुख,पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नी प्रसाद सापोटा, स्थायी समिति सदस्य यशोदा सुबेदी, सिन्धुपाल्चोकका युवा नेता,पुर्व मन्त्री तथा प्रदेशसभा सदस्य युवराजदुलाल लगायतका नेताहरुले सम्बोधन गरेको उद्घाटन कार्यक्रम संगै भएको बन्दसत्र बाट निर्वाचित समितिलाई पार्टी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, केसव नेपाल, माधव सापकोटा, युवराज दुलाल, अमृता नेपाल, प्रदेश अध्यक्ष सरल सहयात्री पौडेललगायत सिन्धुपाल्चोकका नेताहरूले अविर र खादा लगाएर बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए। सम्मेलनकै अवसरमा विभिन्न पार्टी परित्याग गरी माओवादी प्रवेश गरेका कार्यकर्ताहरूलाई अध्यक्ष दाहालले स्वागत गरेका थिए ।
कार्यक्रमको सुरक्षा व्यवस्थापन सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तरगत रहेको वाई सि एल नेपालको टोलिले गरेको थियो ।
कार्यक्रमलाई व्यवस्थित बनाउन पार्टीले दिएको जस्तो जिम्मेवारी पनि पुरागर्न तयार रहेको सम्पर्क वाईसिएल जिल्ला अध्यक्ष दिपेन्द्र रायमाझीले बताए ।

 

प्रतिक्रिया